हमासद्वारा चार इजरायली महिला सैनिक बन्धक रिहा

नवनारी
१२ माघ २०८१
217 Views

एजेन्सी । हमासले चार इजरायली बन्धकहरूलाई रिहा गरेको छ । रेडक्रस मार्फत चारै जना महिला सैनिकको रिहाइ गरेको हो । प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो । हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ ।

बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ । यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए ।इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन् । सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धकहरूलाई जिम्मामा लिनेछ । सिमानामा बन्धकहरुका लागि हेलिकप्टर तयार छ । इजरायलले हमाससँगको सम्झौता अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।


धेरै पढिएको