सुनको मूल्य तोलामा ३ सयले घट्यो

नवनारी
१४ माघ २०८१
200 Views

काठमाडौँ । नेपालमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आईतबार दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेर एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० तोकिएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ६५ मा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।


धेरै पढिएको