यसरी तयार गरौँ घरमै करेलाको रेसिपी
स्वास्थ्यको दृष्टिकोणले करेला उत्कृष्ट तरकारी हो । तर यसको स्वाद तीतो हुनाले धेरैजना करेला खान मन गर्दैनन् । यहाँ हामी करेलाको परिकारको यस्तो रेसिपी बताउँदैछौं जसले करेलाको तितोपन हटाउँछ र स्वादिलो बनाउँछ ।
सामग्री
करेला आधा किलो
प्याज मसिनो गरी काटेको एउटा
रायो आधा चम्चा
सुप (सौंफ) एक चम्चा
बेसार आधा चम्चा
रातो खुर्सानीको धूलो एक चम्चा
धनियाँको धूलो डेढ चम्चा
सुकेको आँपको धूलो दुई चम्चा
नून स्वादअनुसार
पानी आवश्यकता अनुसार
तेल आवश्यकता अनुसार
विधि
करेला खुर्केर काट्नुस् ।
एक बाउल पानीमा उक चम्चा नून हालेर त्यसमा आधा घन्टा करेला भिजाउनुस् ।
त्यसले करेलाको तितोपन हटाउँछ ।
अब करेलालाई निचोरेर अर्को बाउलमा राख्नुस् ।
प्यानमा मध्यम आगो बनाएर तेल तताउनुस् अनि सुप र रायो पड्काउनुस् ।
त्यसमा प्याज भुट्नुस् अनि बेसार, रातो खुर्सानीको धूलो र धनियाँको धूलोको पेस्ट हाल्नुस् ।
त्यसरी तयार भएको मसलामा करेला र नून हालेर १० मिनेट पकाउनुस् ।
करेला पाकेपछि आँपको धूलो हालेर चार मिनेट पकाउनुस् ।
करेलाको परिकार तयार भयो ।
अब यो रोटीसँग खान मिल्छ ।

प्रतिक्रिया दिनुहोस