‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको आदेश
206 Views
काठमाडौं । चलचित्र ‘एक्टर टेक वान’ को रिलिज भोलि नहुने भएको छ । जिल्ला अदालत काठमाडौंले उक्त चलचित्रको रिलिज २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो । चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् । अदालतले उनको माग बमोजिम तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले प्रत्यार्थी झिकाउन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस