अखिल (क्रान्तिकारी) कोषाध्यक्षमा खुसी निर्वाचित
199 Views
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर खुसी निर्वाचित भएकी छन् ।
पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा खुसी निर्वाचित भएकी हुन् । उनले ५९६ मत ल्याएकी छन् । उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू) दोस्रो र उपमहासचिव शक्ति बस्नेतनिकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो र वर्षमान पुननिकट सुदिन पौडेल प्यानलका शिव श्रेष्ठ चौथो भएका छन् ।

प्रतिक्रिया दिनुहोस