एचभीपी खोप अभियानः सिराहाका ४५ हजार किशोरीलाई लगाइँदै

नवनारी
१९ माघ २०८१
215 Views

काठमाडौँ । सरकारले सिराहा जिल्लामा ४५ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियोजन अन्तर्गत सिराहामा १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार चार सय ६३ जना किशोरीलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिएका छन् ।

जिल्लाका १७ पालिकामा तीन सय ६३ विद्यालय र एक सय ५५ स्वास्थ्य संस्थासहित पाँच सय १८ खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए । अभियान अन्तर्गत कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरूलाई खोप लगाउने लक्ष्य लिएकाले विद्यालयलाई खोप केन्द्र बनाइएको यादवले बताए ।

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाएको छ । सिराहा, मिर्चैया, कल्याणपुर, कर्जन्हा, लहान, सुखिपुर, नगरपालिका र विष्णुपुर, नरहा, सखुवानन्कारकट्टी गाउँ पालिका पहिलो चरयामा खोप लगाइने छ ।

दोस्रो चरण अन्तर्गत औरही, अर्नामा, बरियारपट्टी, नवराजपुर, लक्ष्मीपुरपतारी, भगवानपुर गाउँ पालिका र सुखिपुर, धनगढीमाई, गोलबजार नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ ।
जनस्वास्थ्य अधिकृत यादवले खोपकर्तालाई आवश्यक तालिम, अभिमुखीकरणसहित तयारी गरिसकिएको जानकारी दिए ।


धेरै पढिएको