बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

नवनारी
२७ माघ २०८१
170 Views

काठमाडौँ । ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् ।

ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।


धेरै पढिएको