श्रृंगार ब्यूटी एकेडेमीको दोस्रो शाखा सामाखुसीमा
842 Views
काठमाडौँ । श्रृंगार ब्यूटी एकेडेमीको दोस्रो शाखा काठमाडौँको सामाखुसी चोकमा खुलेको छ । एकेडेमीले आफ्नो सेवालाई विस्तार गर्दै नयाँ सेवा सुविधाहरु सुरुवात गरेको हो । विगत १० बर्ष देखि आफ्नो सेवा दिँदै आएको एकेडेमीले हाइड्रो फिसियल, ल्यासेस एक्टेन्सन, हेयर एक्टेन्सन, माइक्रो ब्लेन्डिङ, प्लाज्मा ट्रिट्मेन्ट लगायतका सेवाहरु दिँदै आएको एकेडेमीले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
एकेडेमीले आफ्नो सेवाहरुलाई थप विस्तार गर्दै सेवाग्राहीको मागलाई ध्यानमा राखेर आफ्नो नयाँ शाखा खोलेको संचालिका तारा पौडेलले बताइन् । उक्त कार्यक्रमका बिच शाखाको उद्घाटन करुनाज ब्यूटी पार्लर एण्ड टे«डिङ सेन्टरकी संचालिका करुना पुरीले गरेकी छन् । कार्यक्रममा विभिन्न व्यूटिसियन तथा अन्य क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागितारहेको थियो ।





प्रतिक्रिया दिनुहोस