मेलम्चीको पाइप फुट्दा बबरमहलमा बाढी

नवनारी
३० माघ २०८१
240 Views

काठमाडौं । बबरमहल स्थित मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा आसपासका सडकमा डुबान परेको छ । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।

वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएर मर्मत सुधारको काम गरीरहेको छ ।


धेरै पढिएको