शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढ्यो – सांसद शर्मा

नवनारी
३ फागुन २०८१
184 Views

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको आरोप लगाएकी छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन् । उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभई देश सञ्चलन गर्ने शीर्ष नेतृत्व रहेको टिप्पणी गरिन् ।

संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताइन् । संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन् । गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । उनले देशमा पाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताइन् ।


धेरै पढिएको