भारतमा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला

नवनारी
५ फागुन २०८१
218 Views

काठमाडौं । भारतमा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् । भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी हुन् । केआईआईटीका रजिष्ट्रारका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

उक्त केआईआईटीले विज्ञप्ति निकाली बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल मृत भेटिएको जानकारी गराएको छ । उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । लम्साल मृत भेटिएपछि उनी अध्ययनरत कलेजमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका छन् । यस बिषयमा थप अनुसन्धान गरीरहेका प्रहरीले जानकारी दिएको छ ।


धेरै पढिएको