नयाँदिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता नियुक्त

नवनारी
८ फागुन २०८१
275 Views

काठमाडौं –भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो ।

ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । २०२५ को दिल्ली विधानसभा चुनावमा गुप्ताले शालिमार बाग (उत्तर–पश्चिम) सिटबाट ६८,२०० मत ल्याएर जितेकी थिइन् । चुनावमा आम आदमी पार्टी की बन्दना कुमारीलाई २९,५९५ मतको अन्तरले पराजित गरेकी हुन् ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ । गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए । नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो ।


धेरै पढिएको