बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने ? यस्ता कुराहरुमा ख्याल गरौँ

नवनारी
९ फागुन २०८१
327 Views

काठमाडौँ । नेपालमा अधिकांश बालबालिकाहरु मोबाईल फोनको पहुँचमा छन् । बालबालिकाहरुको लागि सबै भन्दा बढि समय बिताउने माध्यम मोवाईल फोन तथा टि.भी. बनेको छ । अहिलेको समय धेरैजसो अभिभावकको चिन्ताको विषय हुने गरेको छ आफ्ना बालबालिकाहरुबाट मोवाईल फोनको लत कसरी कम गर्ने भनेर । बालबालिकालाई मोबाइलमा बानी बसाल्ने भूमिका अभिभावकले नै खेलेका हुन्छन । सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउन तथा खुशी बनाउने नाममा मोबाइल चलाउन दिएका हुन्छन । तर पछि त्यही बानी समस्या बन्न जान्छ । सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए तथा दंग परेर भनेर चलाउनु दिनु घातक हुनसक्छ ।

बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बागार्नुका साथै बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा गर्दन तथा ढाडको हड्डीमा समेत समस्या आउँछ । यसका साथै स्वास्थ्यमा अन्य समस्या पनि निम्तिने गर्छ । त्यसकारण बालबालिकालाई मोबाइलबाट टाढा राख्ने उपाय अपनाउन जरुरी हुन्छ । बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्ने, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ ।

यसरी राख्न सकिन्छ बालबालिकालाई मोबाइलबाट टाढाः
– बाहिर खेल्ने बानी बसाउने ।
– मोबाइल कम दिने ।
– बालबालिकासँग कुराकानी गरिरहनु ।
– मोबाइलमा पासवर्ड राख्नु ।
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने ।
– बालबालिकासँग नजिक रहने ।
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा भन्ने ।
– रचनात्मक कामका लागि प्रेरित गर्ने ।
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने ।
– घरमा रहँदा पनि मोबाइलभन्दा अन्य खेल तथा क्रियाकलापमा ब्यस्त बनाउने ।
– उनीहरु संगै आफु पनि खेल्ने र जतिसक्दो उनीहरुलाई परिवारसंगै रमाउने बातावरण बनाउने ।


धेरै पढिएको