पाथीभरामा केबलकार निर्माणको काम तत्काल रोक्न माग

नवनारी
११ फागुन २०८१
231 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरू तत्कालका लागि रोक्न माग गरेकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनरत पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् ।  

‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ? त्यहाँ संरचनाहरू बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन । यसअघि पनि सम्झौता भएको थियो । त्यसो हुन सकेन । माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन । निसर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लंघन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ,’ कार्कीले भनिन्, ‘जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौँ ।’


धेरै पढिएको