विवाह गर्दै अस्मिता र महेश
235 Views
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही महिना विवाह गर्न लागेका हुन् ।
महेशले भने, ‘हो हामीहरू विवाहको तयारीमा छौं, यही फागुन २२ गते विवाह गर्न लागेका हौं ।’
अस्मिता र महेशले गत असारमा कन्सर्टको सिलसिलामा युएईको दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।
संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेको केही तस्बिर सामाजिक सञ्जालमार्फत् साझा गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको बताएका थिए ।
अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा निकै रूचाइएका छन् । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस