चैत पहिलो साता भारत जाँदै परराष्ट्रमन्त्री राणा

नवनारी
२१ फागुन २०८१
280 Views

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी चैत पहिलो साता भारत जाने भएकी छन् । उनी आगामी चैत ४ गतेदेखि चैत ६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा सहभागिता जनाउन जाने कार्यक्रम तय भएको हो ।

उनले त्यसक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्न सक्ने बताइएको छ । त्यसबेला उनले ‘सगरमाथा संवाद कार्यक्रम’को निम्तो पनि दिने भएकी छन् ।

त्यसका लागि समय मिलाउन कूटनीतिक पहल भइरहेको बताइएको छ। यद्यपि परराष्ट्रमन्त्री देउवाका प्रेस सल्लाहकार एकराज पाठकले भारत जाने कार्यक्रम तय भए पनि उच्चस्तरीय भेटघाटको पुष्टि गरेनन् ।

‘मन्त्रीज्यू रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ’, उनले भने, ‘तर राजनीतिक भेटघाटबारे अहिले कुनै टुंगो भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको पहल भइरहेको कुराको अहिले पुष्टि गर्न सकिँदैन ।’


धेरै पढिएको