विवाह गर्दै अस्मिता र महेश
206 Views
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको विवाह समारोह काठमाडौंमै आयोजना गरिएको छ । विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।
विवाह समारोह भने केही दिन अगाडि देखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस