सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घट्यो, चाँदीको कति ?
206 Views
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य केहि घटेको छ । बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस