सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो

नवनारी
५ चैत २०८१
240 Views

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको थियो । 

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।


धेरै पढिएको