सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको कति ?
218 Views
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार (आज) नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार सुन एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको थियो । आज तोलामा ८०० रुपैयाँ बढेको हो ।
त्यस्तै चाँदी आज दुई हजार ४५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस