‘वसन्त साँझ’मा विभिन्न कलाकारहरुले प्रस्तुती दिँदै

नवनारी
८ चैत २०८१
233 Views

काठमाडौँ । भोली अर्थात चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी ‘वसन्त साँझ’को आयोजना हुँदैछ । कार्यक्रममा गायक प्रकाश सपुतदेखि गायिका शान्तिश्री परियार र देवेन्द्र बब्लु (द फिरन्ते) र प्रिती आलेसम्मले प्रस्तुती दिने भएका छन् ।

चलचित्र ‘वसन्त’को अफिसियल ट्रेलर सार्वजनिकी कार्यक्रमको अवसरमा प्रस्तुती दिन लागिएको हो । गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।


धेरै पढिएको