प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?
काठमाडौँ । प्रदूषण एक गम्भीर समस्या हो, जसलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ । पछिल्ला वर्षहरूमा वायु प्रदूषण उल्लेखनीय रूपमा बढिरहेको छ । हावाको प्रदूषणले मौसममा पनि असर गरेको छ भने हामी मुश्किलले ताजा हावा लिइरहेका छौँ । हावाको प्रदूषणले वातावरणलाई असर मात्र गर्दैन, यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ, विशेष गरी आँखामा यसको असर चाँडो देखिन्छ ।
हावाको प्रदूषणले आँखालाई सुक्खापन, जलन, र लामो समयसम्म असर गर्ने समस्याहरू जस्तै मोतिबिन्दु वा ग्लाकोमा हुनसक्छ । प्रदूषित वातावरणमा आँखाको सुरक्षा गर्न यी १० उपाय अपनाउन सकिन्छः
चस्मा लगाउनुहोस् – बाहिर जाँदा युभी सुरक्षायुक्त चस्मा लगाएर हिड्नुहोस् ।
आँखा नरगड्नुहोस् – यदि आँखामा जलन वा चिलाइरहेको महशुस भए पनि त्यसलाई घोट्ने प्रयास नगर्नुहोस् । यसले संक्रमण फैलाउन सक्छ । यदि असहजता लगातार रहन्छ भने नेत्र विशेषज्ञ सँग परामर्श लिनुहोस् ।
आँखाको सरसफाइ कायम राख्नुहोस् – आँखालाई सफा राख्न सफा कपडा, वाइप्स वा सफा पानीले नियमित रूपमा धुनुहोस् ।
आइ ड्रप प्रयोग गर्नुहोस् – ओभर–द–काउन्टर लुब्रिकेटिङ आइ ड्रप प्रयोग गरेर आँखालाई ओसिलो राख्न सकिन्छ, जसले प्रदूषणका कारण हुने सुख्खापन कम गर्छ ।
घरभित्रको हावाको गुणस्तर सुधार गर्नुहोस् – घरमा एयर प्युरिफायर प्रयोग गर्नुहोस् र एलोभेरा जस्ता भित्री बोटबिरुवा राखेर हावाको गुणस्तर सुधार गर्नुहोस् ।
प्रदूषण उच्च हुँदा बाहिर ननिस्कनुहोस् – हावामा धुलो र हानिकारक कणहरू अत्यधिक भएका बेला बाहिरको गतिविधि सीमित गर्नुहोस् ।
ह्युमिडिफायर प्रयोग गर्नुहोस् – कोठाको हावा सुक्खा भएमा ह्युमिडिफायर प्रयोग गरेर उचित ओसिलोपना कायम राख्नुहोस् ।
पर्याप्त पानी पिउनुहोस् – प्रशस्त पानी पिउँदा शरीर हाइड्रेट रहन्छ, जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ ।
सन्तुलित आहार अपनाउनुहोस् – भिटामिन ए, सी, र इ युक्त खाना खानुहोस्, जसले आँखाको स्वास्थ्यलाई सुदृढ बनाउँछ र प्रदूषणका असरहरू कम गर्छ ।
आँखा विशेषज्ञसँग परामर्श लिनुहोस् – यदि तपाईंलाई आँखामा निरन्तर असहजता वा दृष्टि सम्बन्धी समस्या देखिएमा तुरुन्तै नेत्र विशेषज्ञसँग सल्लाह लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस