कमल खत्री र मेलिना मैनालीको जोडीलाई पुत्रलाभ
काठमाडौं । सांगीतिक जोडी कमल खत्री र मेलिना मैनाली बुवाआमा बनेका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । आइतबार गायिका मेलिनाले छोरालाई जन्म दिएकी छन् ।
गायक कमल खत्री लेख्छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ । पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ । मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ । यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो। साथै, मेरो परिवार, आफन्तजन र साथीभाइलाई पनि मनदेखि नै आभार व्यक्त गर्न चाहन्छु जसले माया, आशीर्वाद, र हौसला दिनु भयो । तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ । भगवानको कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु ।’ गायक कमल खत्री र गायिका मेलिना मैनालीले २ वर्षअघि विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस