राजावादीको प्रदर्शन अराजक भएपछि तीनकुने क्षेत्र तनावग्रस्त, कर्फ्यू जारी

नवनारी
१५ चैत २०८१
139 Views

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको छ । राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको काठमाडौंका सहायक प्रजिअ अशोककुमार भण्डारीले जानकारी दिए ।

उनका अनुसार शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू आज राती १० बजे सम्म जारी रहने बताइएको छ ।


धेरै पढिएको