त्रिवि केन्द्रीय क्याम्पस स्ववियुु निर्वाचनमा ५० प्रतिशतमात्रै मतदान
191 Views
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । कुल ६ हजार १४६ मतदाता रहेको त्रिविमा ५० प्रतिशतमात्रै मत खसेको छ ।
यहाँ ३ हजार ११८ मत खसेको हो । त्यहाँ इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भएको थियो । यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस