गीता पाण्डेको ‘ए तन’ गीत सार्वजनिक

नवनारी
१९ चैत २०८१
253 Views

काठमाडौँ । गायिका गीता पाण्डेको स्वर रहेको युगल गीत ‘ए तन’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत चर्चित मनोज चौलागाईको रहेको छ । गीतालाई गायक मनिष चौधरीले साथ दिएका छन् । सो गीतको भिडियोमा रोजेन सुन्दास र मिशेल घिमिरेको अभिनय छ । गीतमा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ,उमेश शाहको छायांकन, सम्पादन बिकाश धमला, सन्जीव कार्कीको सह निर्दशन रहेको सो गीतको निर्देशन नितिन चन्दले गरेका छन् ।

चर्चित गीतकार तथा संगीतकार चौलागाई यस गीतका गायक तथा गायिका नेपाली गीत संगीतमा प्रबल सम्भावना बोकेका साथै निर्देशकको अहिले सम्मकै उत्कृष्ट भिडियो बनाएको जानकारी गराएका छन् ।

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायिका पाण्डेले बताइन् । भिडियो गायिका गीता पाण्डेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोः


धेरै पढिएको