सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
२१ चैत २०८१
229 Views

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । बिहीबार आज एक हजार २ सय रुपैयाँले मूल्य बढ्दै अहिले सम्मका सबै रेकर्डहरु तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य भने घटेको छ ।

बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 


धेरै पढिएको