राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

नवनारी
२५ चैत २०८१
200 Views

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् । वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कायममुकायमको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।


धेरै पढिएको