सुनको मूल्य तोलामा ४ सयले घट्यो, चाँदीको कति ?

नवनारी
२६ चैत २०८१
204 Views

काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँ घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


धेरै पढिएको