इकोनोमिक फोरमको योङ ग्लोबल लिडरको सूचीमा सुनिता डंगोल पनि समावेश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरममा ग्लोबल लिडरको सूचीमा अटाएकी छन
। स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोललाई पनि समावेश गरेको हो ।
उपप्रमुख डंगोललाई फोरमले आफ्नो वेबसाइटमा एक ऊर्जाशील नेतृत्वको भूमिकामा सांस्कृतिक सम्पदा संरक्षण, युवा सशक्तीकरण र नवप्रवर्तनशील शहरी विकासको पक्षमा प्रतिबद्ध नेतृत्वको रूपमा उल्लेख गरेको छ ।
‘समावेशी शासनको लागि समर्पित एक कार्यकर्ता भएर उनी काठमाडौंको विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व गर्न सतत प्रयासरत छन् । कला प्रेमी सुनिता पुराना परम्परालाई संरक्षण गर्दै आधुनिक शहरी विकासलाई सन्तुलनमा ल्याउन उत्साही छिन्,’ फोरमले लेखेको छ । यो फोरममा विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।
वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस