सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो

नवनारी
४ वैशाख २०८२
178 Views

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य रप्तारले बढिरहेको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार आज अहिले सम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोवार भइरहेको छ । 

बुधबारको तुलनामा सुन आज ३ हजार ६ सय रुपैयाँ बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस अघि बुधबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो । 


धेरै पढिएको