चलचित्र ‘मोहर’ साउन २३ गतेबाट रिलिज हुने

नवनारी
५ वैशाख २०८२
340 Views

काठमाडौं । ओम प्रतिक निर्देशित नेपाली चलचित्र ‘मोहर’ साउन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण टिमले अभिनेता पल शाहको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा ओम प्रतिकले लेखेका हुन् । फिल्ममा चुम्बन जंग शाहीको लगानी छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको निर्माण टिमले जानकारी दिएको छ ।


धेरै पढिएको