लगातार दोस्रो दिन पनि घट्यो नेप्से

नवनारी
८ वैशाख २०८२
192 Views

काठमाडौं । सोमबार (आज) पनि नेप्से परिसूचक घटेको छ । नेप्से ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा बन्द भएको हो । तर आज कारोबार रकम भने बढेको छ । आइतबार आठ अर्ब ४३ करोडमा सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ अर्ब रूपैयाँ बढेको हो । आज ३१९ वटा धितोपत्रको दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर किनबेच भएको हो । सोमबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ७१२ रूपैयाँ २० पैसा र ५८८ रूपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक्को मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७४६ रूपैयाँ ५० पैसा पुगेको छ । सोमबार गुडविल फाइनान्सको डिबेन्चरको मूल्य सर्वाधिक ७.७५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २५७ रूपैयाँ ६० पैसामा झरेको छ । यस्तै, एनएमबी हाइब्रिड फण्डको मूल्य ७.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ २३ पैसा कायम भएको छ । सोमबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको प्रतिकित्ता ३४० रूपैयाँमा ५३ करोड ९९ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१४ प्रतिशत बढेको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ३४८ रूपैयाँमा ५२ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ । आज व्यापार समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक १‍.०३ प्रतिशतले घटेको छ ।


धेरै पढिएको