एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रश्न– सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो ?

नवनारी
९ वैशाख २०८२
257 Views

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भनेर प्रश्न गरेकी छन् ।

शिक्षक आन्दोलन चलिरहेको बेलामा हिजो शिक्षामन्त्री भट्टराईले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएकी थिइन् ।

शिक्षामन्त्रीबाट भट्टराईको राजीनामाको विषयलाई लिएर एमालेवृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री ओलीले असहयोग गरेकै कारणले भट्टराईले पदबाट राजीनामा दिनु परेको आरोप लगाउँदै आइरहेका छन् ।

यही चर्चा चलिरहेको बेलामा एमाले उपाध्यक्ष शाक्यले भट्टराईको राजीनामाको विषयलाई लिएर नेतृत्व सामू प्रश्न उठाएकी छन् ।

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो रु विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो रु उहाँलाई सहयोग किन भएन रु’ भन्दै प्रश्नसहित भट्टराईको फोटो राखेर शाक्यले शेयर गरेकी छन् । उनले भट्टराईको नैतिकता सबैको लागि प्रेरणा बन्नुपर्ने उल्लेख गरेकी छन् ।


धेरै पढिएको