‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

नवनारी
९ वैशाख २०८२
221 Views

काठमाडौं । दिवाकर भट्टराई लिखित तथा निर्देशित फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ ।

यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रूचाएका छन् ।

यसैबीच निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जनलगायत कलाकारहरूलाई स्थान दिइएको छ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ । क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । यो फिल्म जेठ ९ गतेदेखि प्रदर्शन हुने तय भएको छ ।


धेरै पढिएको