एमालेमा लाग्दा भड्काउने प्रयास भयो – डंगोल

नवनारी
११ वैशाख २०८२
148 Views

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । बिहीबार काठमाडौँको भृकुटी मण्डपमा आयोजित पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डङ्गोलले यस्तो बताएकी हुन् ।

उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।

साथै उनले मेयर बालेन शाहप्रति लक्षित गर्दै एमालेले कसैको घर जलाउन नसिकाउने बताइन् ।
‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ’, उनले भनिन्, ‘सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’


धेरै पढिएको