ट्राफिक प्रहरीले एक युवकलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल, अनुसन्धान गर्दै प्रहरी
242 Views
काठमाडौँ । ट्राफिक प्रहरीले हिजो (बिहीबार) एक युवालाई बुटैबुटले कुटेको भिडिओ भाइरल भएको थियो । उक्त भिडियोबारे अध्ययन गर्दा केही महिना अघि सुन्धारामा भएको उक्त घटनामा संलग्न रहेका ४ प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
त्यसको २४ घण्टा बित्न पाएको छैन, त्यसैगरी लछारपछार गर्दै अर्का युवालाई ट्राफिकले कुटपिट गर्दै गरेको भिडिओ पनि आज सार्वजनिक भएको छ । किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको सार्वजनिक भिडिओमा देखिन्छ । प्रहरीले उक्त विषयमा जानकारी लिने काम भइरहेको बताएको छ । कहिलेको र कहाँको भिडिओ हो भनेर यकिन भइसकेको छैन । त्यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस