सुनको मूल्य सामान्य अंकले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
201 Views
काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा सामान्य अंकले बढेको छ । आज सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो । आज १० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस