सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार’ पोर्टल

नवनारी
१८ वैशाख २०८२
313 Views

काठमाडौं । सरकारले ‘श्रम संसार’ पोर्टल सञ्चालनमा लयाएको छ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत् सोझै सम्पर्क गर्नेगरी श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको हो । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पोर्टल उद्घाटन गरेका हुन् ।

पोर्टलले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको काम गर्ने प्रधानमन्त्री ओलीले बताए । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने उनले बताए । एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई यसले समाधान गर्ने उनको विश्वास छ । shramsansar.gov.np मार्फत सोझै सम्पर्क गर्न सकिने बताइएको छ ।


धेरै पढिएको