सुनको मूल्य सामान्य अंकले बढ्यो
186 Views
काठमाडौँ । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।
आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस