मिस वर्ल्डमा सहभागी हुन सृच्छा प्रधान भारततर्फ

नवनारी
२४ वैशाख २०८२
202 Views

काठमाडौं । ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार (आज) भारततर्फ प्रस्थान गरेकी छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् ।

७ देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वर्ल्ड आयोजना हुँदैछ । त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् । फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई छ ।

सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।


धेरै पढिएको