भ्वाइस अफ नेपालका रोशन राईको ‘नछुट्टिने मन’ सार्वजनिक

नवनारी
२५ वैशाख २०८२
210 Views

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ । शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ९ ब्ब्(एइःब्ीभ्भ्० युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअगाडी आइसकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम राइको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनेमा आफु बिस्वस्त रहेको गीतकार शान्ता राइले बताएकी छन् ।


धेरै पढिएको