सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
२५ वैशाख २०८२
196 Views

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यस अघि बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६ सय कायम थियो । 

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 


धेरै पढिएको