चितवनमा रेबिज लागेर एक जनाको ज्यान गयो

नवनारी
२५ वैशाख २०८२
223 Views

काठमाडौँ । चितवनमा रेबिज लागेर आज एक जनाको ज्यान गएको छ । रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो । प्रजालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।


धेरै पढिएको