डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
135 Views
काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुजिता आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
पीडितको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस