नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक

नवनारी
२८ वैशाख २०८२
216 Views

काठमाडौं । महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई स्वागत गरेको छ ।

अस्पतालले सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्टहरु डा. निरा सिंह श्रेष्ठ, डा. स्विटी श्रेष्ठ र डा. जुनु बज्राचार्य, कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट सुनिता विश्वकर्मा र सिनियर ल्याप्रोस्कोपिक सर्जन डा. विनय राज भण्डारीलाई भित्र्याएको हो । उनिहरुले आगामी जेठ १ गतेदेखि सेवा दिनेछन् ।

अनुभवी चिकित्सकहरुको आगमनले नर्भिकको गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा थप सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

नर्भिक अस्पतालले महिला स्वास्थ्यका क्षेत्रमा विशिष्ट योगदान दिएका अनुभवी चिकित्सकमार्फत् सेवा दिँदै आएकोमा थप चिकित्सकहरुलाई स्वागत गरेको हो । हाल प्रसूति तथा स्त्रीरोग विभागमा प्रा. डा. अचला वैद्य, प्रा.डा. अमृता गिरी तुलाधर, डा. सविना अर्याल, प्रा. डा. इन्दिरा उपाध्याय, डा. कुमकुम झा तथा प्रा. डा. कुण्डु याङजोमले सेवा दिँदै आएका छन् । यस्तै, नर्भिक आइभीएफ सेन्टरमा डा. रंगिना लाइकंगबम, डा. ज्योति अग्रवाल र डा. कृपा शेरचनले सेवा दिँदै आएका छन् । अस्पतालले सन् २००४ मा प्रसूति सेवा सुरु गरेको हो ।


धेरै पढिएको