महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

नवनारी
३१ वैशाख २०८२
152 Views

काठमाडौँ । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् ।

गत चैत २९ गते काठमाडौँ महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा तामाङ मृत फेला परेकी थिइन् । तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ ।


धेरै पढिएको