सुनको मूल्य तोलामा ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
225 Views
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस