परम्परागत मदिरा उत्पादनलाई लघु उद्योगको मान्यता दिन माग
239 Views
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) की सांसद रणकुमारी बलम्पाकी मगरले घरेलु मदिराको प्रबर्द्धका लागि राज्यले कुनै नीति नलिएको भन्दै असन्तुष्टी व्यक्त गरेकी छन । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद मगरले संस्कृति, परम्परा र स्थानीय जिविकोपार्जनसँग जोडिएको घरेलु मदिरा प्रबर्द्धनका लागि सरकराले स्पष्ट नीति नलिएको बताएकी हुन् ।
‘विदेशी ब्रान्डका मदिराहरू आयात हुँदै आएका छन् । यसले हाम्रो मौलिक उत्पादनलाई बजारमा पछि पारिरहेको छ,’ उनले भनिन् । त्यसकारण घरेलु मदिरा उत्पादनलाई लघु उद्योगका रूपमा मान्यता दिनुपर्ने उनले बताइन् । ‘यसको गुणस्तर सुधार, बजार पहुँच र पबर्द्धनको नीति ल्याइयोस् । कोदोको रक्सीलाई ब्रान्डिङ गरियोस्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस