ग्लोबल मार्केटमा अब नेपाली म्यूजिक पनि

नवनारी
६ जेठ २०८२
335 Views

काठमाडौँ । सबैभन्दा पहिले इन्टरनेट त्यसपछि दिनप्रतिदिन थपिदै गएका सामाजिक सञ्जालका कारणले विश्वका जुनसुकै कुनामा बसेर पनि सहजै रुपमा ग्लोबल स्टेजमा आफुलाई उभ्याउन सकिन्छ । सामाजिक संजाल युट्युव, फेसबुक, इन्टाग्राम, टिकटक जस्ता प्लेटफम मार्फत दिनप्रतिदिन नेपाली गितहरु पनि अहिले ग्योबल मार्केटमा स्थान बनाइरहेका छन् ।

अझ पछिल्लो समय टिकटकको माध्यामबाट नेपाली गितहरु व्यापक रुपमा विश्वभर फैलिएका छन् । टिकटक धेरै चल्ने देशहरु जस्तैः पाकिस्तान, दुवई, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा नेपाली भिअर्सलाई ध्यानमा राखेर धेरैले नेपाली गित प्रयोग गरेर टिकटक भिडियो बनाएको पाइन्छ । जसले गर्दा ति देशमा पनि नेपाली गितको चर्चा बढिरहेको छ । टिकटक भिडियो नै बनाएर नेपाल प्रति देखाएको माया, सद्भावले नेपाली संगितलाई थप सहयोग गरीरहेको छ । नेपाल भित्रै पनि भारतीय गित संगितको दबदवाहलाई कम गर्न यी प्लेटफमले सहयोग गरीरहेका छन् ।

पछिल्लो समय नेपालमा गायक तथा मोडल दुर्गेश थापा चर्चामा छन् भने उनको गित ‘दुस्मन हेरेको हेरेई’ चर्चाको शिखरमा छ । उनको गित नेपालमा मात्र नभएर भारत, पाकिस्ता लगायतका छिमेकी देशहरुमा पनि चर्चामा रहेको । यो समाचार तयार पार्दा सम्म युट्युवमा उनको गितले ८ करोड ५३ लाख भन्दा बढिले हेरीसकेका छन् । जबकी नेपालको जनसंख्या झण्डै तिन करोडको हाराहारीमा रहेको छ ।

दुस्मन हेरेको हेरेई गित मात्र होइन् नेपालका अन्य केहि गितहरुमा पनि अनपेक्षित रुपमा भ्यूज आउने गरेको छ । ६ महिना पहिला मात्र सार्वजनिक भएको शुसान्त केसीको बार्दली गितमा पनि झण्डै ८ करोड ४० लाख बढि भ्यूज छ । अझ यसलाई त भारतको चर्चीत युट्युव च्यानल टि–सिरिजले हिन्दी डपिङ गरेर सार्वजनिक गरेको छ जसमा ८५ लाख बढि भ्यूज दुई हप्तामै पुगिसकेको छ । यसरी हेर्दा ग्लोबल मार्केटमा नेपाली गितले पनि आफ्नो प्रभावलाई बढाउँदै गएको छ । गित संगित सार्वजनिक भएपनि पहिला युट्युव भन्दा पनि टिकटक र इन्टाग्राममा भाइरल भएपछि मात्र युट्युवमा धेरै भाइरल हुने गरेका समेत छन् ।

यसले गर्दा नेपाली गित संगितको विकासमा सामाजिक संजालको भूमिका एकदमै महत्वपूर्ण हुँदै गएको छ । सामाजिक संजालले गित संगितलाई कुनै एउटा बाउण्डिमा कैद भन्दा पनि विश्वभर फैलाउने काम गरेको छ । विश्वबजार अझ विशेष गरी दक्षिण एसियामा भारतिय गित संगितको एकछत्र राजलाई पछिल्लो समय सामाजिक सजालको तिव्र फैलावटले केहि हत सम्म कम गरेको छ । नेपाल सहित अन्य देशहरुको गित संगित पनि एक देशबाट अर्को देशमा बज्न थालेको पाइन्छ ।

म्युजिकको लागि कुनै सिमित घेरा हुँदैन भन्ने कुरालाई सामाजिक संजालले प्रमाणित गर्दै गएको छ । आज विश्वका धेरै देशको आर्थिक उत्पादन मध्यको एक महत्वपूर्ण क्षेत्र फिल्म तथा म्यूजिक क्षेत्र बनेको छ । उदाहरणको लागि दक्षिण कोरिया । क्षेत्रफल र जनसंख्याका हिसाबले नेपाल भन्दा केहि मात्र ठूलो रहेको कोरियाका म्यूजिक भिडियो, कोरियन ड्रामाले आज विश्वबजार खाएका छन् ।

चर्चित म्यूजिक ब्याण्ड बिटिएस देखि ब्याकपिङक जस्ता ब्याण्डहरु कोरियामै रहेका छन् । जसका म्यूजिकहरु आज विश्वभर चर्कीत छन् । जुन नेपालमा पनि युवा जमातले अत्यन्तै मन पराइरहेका छन् । त्यसैले यसरी नै फलिँदै गएका नेपाली म्यूजिक इन्डष्टिलाई पनि दक्षिण कोरियाको जस्तै गरी विकास गर्न सकिन्छ ।

प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालमा गित संगित संगै फिल्म सुटिङ देखि नेचुरल फोटोग्राफी, वाइड लाईफ फोटोग्राफीको लागि समेत प्रसस्त सम्भावनाहरुरहेका छन् । अहिले पनि थुप्रै भारित चलचित्रमा नेपालका विभिन्न क्षेत्रको दृष्ट राखिएको छ । मुस्तिाङ, पोखरा, काठमाडौँ लगायतका क्षेत्रमा चलचित्र उद्योगको लागि ठूलो सम्भावनाहरु रहेको छ ।

विदेशी गित संगित तर्फको लगाब भन्दा पनि नेपाली पहिचान, कला संस्कृति जोगाउने गित संगित, दृष्य सम्पादन, भाषालाई विशेष प्रथाकितामा राखेर नीति नियम सहित अघि बढ्न सकेको अवस्थामा नेपालले गित संगित तथा मनोरञ्जन उद्योगमा छुट्टै पहिचान बनाउन सक्ने बिश्लेषकहरु बताउँछन् । लेखक तथा वरिष्ट पत्रकार प्रभुनारायण बस्नेत भन्छन्, ‘नेपाल संग प्राकृतिक सम्पदाको मनोरम दृष्य छ, उच्च हिमाल, पहाड र तराईको भाग छ, धार्मिक विविधता, जातिय विविधता छ । यसले नेपालको फरक परिचयलाई थप माथि उठाएको छ ।’

गित संगितमा नेपालको फड्को जति छ त्यति चलचित्र क्षेत्रमा भने अवश्य नै छैन । कितभने नेपाली चलचित्र उद्योग गित संगित जसरी अघि बढ्न सकेको छैन् । अहिले पनि नेपाली चलचित्रले अपेक्षा अनुरुपको कमाई गर्न सकेका छैनन् । गएको वर्ष चलचित्र पूर्णबहादुरको सारंगी बाहेक अन्य चलचित्रले अपेक्षा अनुसारको कमाई गर्न सकेनन् । नेपाली चलचित्र क्षेत्र अहिले पनि सिमित खेरामै सिमित देखिन्छ । भारतिय चलचित्रले चत्रचित्र हल, युट्युव, नेटफिलिक्स जस्ता अनलाईन प्लेटफममा आफ्नो दबदबाह कायम राखेको बेला गित संगित जस्तै नेपाली चलचित्र पनि संसार भर फैलाउने कुरामा ध्यान जान जरुरी छ ।

मनोरञ्जन उद्योग एक अति महत्वपूर्ण आर्थिक एउटा क्षेत्र पनि हो । यसको महत्वलाई बुझ्दै अहिलेको आधुनिक सयममा समय अनुसार यस क्षेत्रलाई विस्तार गरी संसारभर फैलाउनुपर्ने आजको आवश्यकता देखिन्छ ।


धेरै पढिएको